Sun Jan 16 2022
मुख्य खबर

फ्रान्सले भारतलाई राफेल विमान दिने

नयाँ दिल्ली । मेक इन इन्डिया पहलप्रति पूर्ण प्रतिबद्धताको आश्वासन दिँदै फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले शुक्रबार भारतको अनुरोधमा थप राफेल विमान उपलब्ध गराउँन फ्रान्स तयार रहेको बताएका छन् ।

विकासोन्मुख मुलुकका लागि अनुसन्धान तथा सूचना प्रणालीका अध्यक्ष तथा फ्रान्सका लागि भारतका पूर्वराजदूत डा मोहन कुमारसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘हामी भारतले गर्न सक्ने कुनै पनि अतिरिक्त आवश्यकता वा अनुरोधहरूको जवाफ दिन तयार छौं। हामीलाई थाहा छ कि विमान वाहक छिट्टै डेलिभरी हुनेछ। विमान चाहिन्छ। त्यसैले हामी भारतको निर्णय हो भने अन्य कुनै पनि राफेल उपलब्ध गराउन तयार छौं।’ उनले भनेका छन् ।

फ्रान्सले भारतलाई ३० राफेल विमान उपलब्ध गराएको बेला यस्तो प्रतिक्रिया आएको हो । अर्को वर्ष अप्रिलमा थप ६ वटा विमान उपलब्ध गर्ने तयारी छ ।

आफ्नो भारत भ्रमणका क्रममा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री पार्लीले फ्रान्सले अन्य कुनै पनि देशले भन्दा बढी भारतीय सामग्रीको आवश्यकता बुझेको छ।

एएनआई