Fri Jan 28 2022
मुख्य खबर

सर्लाहीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु

सर्लाही – लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा सवारी दुर्घटना हुँदा एक छात्रको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत एक छात्रको मृत्यु भएको हो । मृत्युहुनेमा चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार टियुसन पढ्न जाने क्रममा आज विहान पैदल हिडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।