जोडिनुहोस

खेलकुद

खेलकुदः पोर्चुगल विजयी

खेलकुदः पोर्चुगल विजयी

काठमाडौँ । युरोकप छनौट खेलमा पोर्चुगलले आइसल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले आइसल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८९औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलमा १२३औं गोल हो । रोनाल्डोले २०० खेल खेल्दै अहिलेसम्म १२३ गोल गरेका छन् । रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी खेल्ने र सबैभन्दा बढी गोल गर्ने खेलाडी रहेका छन् ।

यस खेलमा खेलको ८०औँ मिनेटमा आइसल्याण्डका विलुम्सोंनले रातो कार्ड पाएपछि आइसल्याण्ड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितसँगै समुह जे मा पोर्चुगलको यो लगातार चौथो जित हो । पोर्चुगल ४ खेलमा १२ अंकसहित समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै आइसल्याण्डको भने ४ खेलमा ३ अंक रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका