Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

३५ वर्षीय बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवक निर्वाचित भएका छन् । वामपन्थी नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षीय नेता बोरिकले ५६ प्रतिशत मत पाएका थिए भने कास्तले ४४ प्रतिशत मत पाएको अन्तराष्ट्र्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचित भएसंगै बोरिकले आफ्नो अगाडि गम्भीर चुनौती रहेको र त्यसको सामना गर्न तयार रहेको बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थनमा सहभागी भएका थिए ।