Thu Jan 20 2022
अन्तर्राष्ट्रिय

मलेसियामा बाढी, ३५ हजारभन्दा बढी मानिस विस्थापित

एजेन्सी । मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । मलेसियाको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारी अनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् ।

मलेसियामा केही दिनयता निरन्तर रुपमा वर्षा भएको छ । वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएका बताइएको हो ।

मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । यसबाट यहाँका धेरैजसो नागरिकहरु प्रभावित भएका बताइएको छ । बाढीबाट करिब सात ओटा प्रान्त प्रभावित भएका बताइएको छ । राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ ।