जोडिनुहोस
  • होमपेज
  • मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा बुधबार (आज ) शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका मन्त्री  सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पुु¥याइएको भएपनि उनको उपचारका क्रममा मृत्यु भएको हो । सुदूरपश्चिम सरकारले आज विहान ९ बजे धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभा राखेको छ ।355488339_275881411594200_359326487523329320_n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका