Wed Jan 19 2022
Breaking News

थप २२० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २२० जनामा संक्रमण पुष्टि भएको छ । भने १ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा २६३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ ।

हालसम्म ८ लाख ९ हजार १५५ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५७४ जना पुगेको छ ।