Thu Jan 27 2022
खेलकुद

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले निराशाजनक बराबरी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले निराशाजनक बराबरी खेलेको छ ।

रियलले घरेलु मैदानमा कार्डिजसँग गोल रहित बराबरी खेलेको हो ।

लिगको शीर्ष स्थानमा रहेको रियलले रेलिगेशनबाट बच्न संघर्षरत कार्डिजसँग बराबरी खेल्दै अंक बाँड्न वाडेको छ ।

इडेन हजाड पछिल्लो तीन महिनामा पहिलो पटक रियलको सुरुवाती टिममा अटाएका थिए । तर कोभिडबाट प्रभावित शीर्ष स्थानको रियलले खेलमा संघर्ष गर्नुपरेको थियोे ।

कोभिडबाट संक्रमित रियलका मुख्य ६ खेलाडी मैदानमा थिएनन । सबैको नजर प्लेमेकर इडेन हजार्डमा रहेको थियो । उनी गत सेप्टेम्बरपछि पहिलो पटक मैदान देखिएका थिए ।

रियलले दोस्रो स्थानको सेभिलासँग ८ अंकको अग्रता लिने अवसर गुमाएको छ । कार्डिज १४ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।