Wed Jan 19 2022
Breaking News

बारको आन्दोलन : दैनिक मुद्दाको सुनुवाइ प्रभावित

काठमाडौँ । नेपाल बार एसोसिएनको करिब दुई महिना लामो आन्दोलनका कारण सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।

सर्वोच्च अदालतमा करिब ढेड महिना सर्वोच्च अदालतका न्यायाधीश र बार दुवैको आन्दोलनले सुनुवाइ प्रभावित भएको थियो । गत मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिएपछि सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए पनि बारको आन्दोलन नरोकिँदा मुद्दाको सुनुवाइमा प्रभाव परेको छ ।