काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोला ८०० रुपैयाँले घटी ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रति तोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन प्रति तोलामा ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्यसँगै चाँदीका मूल्य पनि घटेको छ । प्रति तोलामा १० रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।