Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

डब्लूएचओ भन्यो- जीवन नै नरहे रमाइलोले अर्थ राख्दैन, पर्व सम्बन्धि बिदा र यात्राको कार्यक्रम रद्द गर्नु

एजेन्सी । विश्व स्वास्थ्य संगठनले क्रिसमसको मुखैमा चेतावनी जारी गर्दै पर्व सम्बन्धि बिदा र यात्राको कार्यक्रम रद्द गर्न आह्वान गरेको छ ।
विश्वव्यापी बनिरहेको बेला डब्ल्युएचओका पमुख टेड्रोस ग्याब्रियसले अपील जारी गर्दै क्रिसमस पर्व मनाउने क्रममा हुने ओहोर दोहोर र भीडभाडले संक्रमण झन तीव्र हुने भन्दै जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुने बताएका हुन ।

जिन्दगी रहे पर्व अर्को पटक पनि मनाउन पाइने भन्दै उनले व्यक्ति, समाज देश सवैले सहयोग गरे मात्रै यो महामारीबाट बच्न सकिने पनि उल्लेख गरेका छन ।

जर्मनी, फ्रान्सलगायत युरोपेली मुलुकहले क्रिसमस लक्षित कडाई गरिरहेको बेला डब्लुएचओ प्रमुखको अपील आएको हो । उता, अमेरिकी राष्ट्रपति कार्यालयले भने संक्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीको चेतावनीका बावजुद लकडाउनमा नजाने बताएको छ ।