Wed Aug 10 2022
देश

होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु

काठमाडौं । काठमाडौंको बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी) को होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु भएको छ ।

होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी बेहोस अवस्थामा भेटिएका थिए ।

धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।

सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

सहनी ११ कक्षामा अध्ययनरत थिए ।

होस्टलको लापरवाहीले सहनीको मृत्यु भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।