Wed Aug 17 2022
देश

प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको हो ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नुपूर्व बैठकको कार्यसूची तय गर्नका लागि बैठक बोलाइएको छ ।

आफ्नो दलले गरेको १४ सांसदमाथिको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै रुष्ट बनेको एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

यसअघि मंसिर २८ गते बसेको प्रतिनिधिसभाको बैठक एमालेले अवरोध गरेको थियो ।