जोडिनुहोस
  • होमपेज
  • गोलीबारीमा चार इजरायलीको मृत्यु

अन्तर्राष्ट्रिय

गोलीबारीमा चार इजरायलीको मृत्यु

गोलीबारीमा चार इजरायलीको मृत्यु

तेल अविव । एली समुदाय नजिकैको ग्यास स्टेशनमा मङ्गलबार दुई प्यालेस्टाइनीहरूले गोली चलाउँदा चार इजरायलीको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्। चारैजनालाई आपतकालीन उद्धारकर्ताहरूले घटनास्थलमै मृत घोषणा गरेका थिए।

अन्य चारजनालाई अस्पतालमा भर्ना गरिएको छ जसमा एकको अवस्था गम्भीर छ, दुईजना सामान्य घाइते छन् । इजरायल डिफेन्स फोर्सले जनाए अनुसार चार जना घाइते मध्ये एक आम नागरिक हुन् ।

सेनाले एलीको १,००० बासिन्दाहरूलाई उनीहरूको घरमा बस्न र ढोका र झ्यालहरू बन्द गर्न भनेको छ । यसैबीच रक्षा मन्त्री योभ ग्यालान्टले स्थितिबारे छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूसँग बैठक गर्ने बताएका छन्।

आइतबार जेनिनमा भएको भीषण झडपपछि जुडिया र सामरियामा तनाव बढेको छ। सशस्त्र समूहहरूले सडक मुनि गाडिएको ४० किलो बम निस्तेज पारेको छ । यता हमासका प्रवक्ताले आक्रमणको प्रशंसा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका