Sat Jan 22 2022
समाचार

टिपरमाथि फलामे पुल भाँचिएर खस्दा चालकको मृत्यु

ललितपुर । टिपरमाथि फलामे पुल भाँचिएर खस्दा चालकको मृत्यु भएको छ।

सोमबार राति पौने ९ बजे ललितपुरको गोदावरी नगरपालिकास्थित वडा नम्बर ९ छम्पी र ११ कुसलेचौर जोडिने फलामे पुल खस्दा टिपर चालकको मृत्यु भएको हो ।

करिडोरको बाटो हुँदै नख्खुबाट टीकाभैरव जाँदै गरेको ना ८ ख ८०९१ नम्बरको टिपरमाथि पुल खसेको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ६ भुसेल बस्ने ३० वर्षीय अजय मार्फाको मृत्यु भएको हो।