एजेन्सी । होन्डुरसमा नयाँ राष्ट्रपतिमा पहिलो महिला निर्वाचित भएकी छन् ।
यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको जानकारी दिएको हो ।
होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रपति निर्वाचित भएकी हुन् ।
यहाँ अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ ।
उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ ।
उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी थिइन् ।
उनी होन्डुरसका पूर्व राष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुन् । उनी होन्डुरस पहिलो महिला राष्ट्रपति हुनेछिन् ।–सिन्ह्वा