Thu Jan 20 2022
मुख्य खबर

अमेरिकाको क्यालिफोर्नियामा भूकम्प

एजेन्सी – अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार मध्यराति ६.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

क्यालिफोर्नियाको पेट्रोलिया भन्ने स्थानमा भूकम्प गएको हो । सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

यो भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आएको छैन ।