जोडिनुहोस
  • होमपेज
  • अमेरिकी चिप निर्माता कम्पनी माइक्रोनको परीक्षण कारखाना खोल्न भारतले दियो अनुमति

अमेरिकी चिप निर्माता कम्पनी माइक्रोनको परीक्षण कारखाना खोल्न भारतले दियो अनुमति

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा गएकै बेलामा भारतले अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन टेक्नोलोजीको चिप परीक्षण कारखाना बनाउने योजनालाई मञ्जुरी दिएको छ । कम्पनीले गुजरातमा २ अर्ब ७० करोड डलर खर्चेर उक्त कारखाना बनाउँदैछ ।

मन्त्रिपरिषद्ले सो कारखानाका लागि १ अर्ब ३४ करोड डलर बराबरको उत्पादनमा आधारित प्रोत्साहन पनि पारित गरेको पनि स्रोतहरूलाई उद्धृत नगरिकन इकोनोमिक्स टाइम्सको अनलाइन संस्करणले समाचार छापेको छ । प्रोत्साहन प्याकेजको आकार ठूलो भएकाले यो योजनालाई मन्त्रिपरिषद्ले पारित गर्नु परेको स्रोतको भनाइ छ ।

सानन्द शहरमा खुल्ने यस कारखानामा चिपको परीक्षण र प्याकेजिङ मात्रै हुने बताइएको छ । यस मामिलाबारे माइक्रोन र भारत सरकार केही नबोलेको रोयटर्सले बताएको छ ।

मंगलवारदेखि मोदी अमेरिका भ्रमणमा छन् । यस भ्रमणका क्रममा उनले अमेरिकी कम्पनीका शीर्ष अधिकारीहरूसँग पनि भेटघाट गर्दैछन् ।

पछिल्लो समय अमेरिकाले भारतमा चिप बनाउन अमेरिकी कम्पनीहरूलाई प्रेरित गरिरहेकै समयमा माइक्रोनको लगानीको खबर आएको हो । थप लगानीबारे पनि छलफल जारी रहेको बताइएको छ । चीनमा व्यवसाय गर्दा हुने जोखिमहरू कम गर्ने ध्याउन्नमा अहिले अमेरिकी राष्ट्रपति जो बाइडेन छन् ।

चीपको सुरक्षा समीक्षामा माइक्रोन असफल भएको भन्दै चीनले मेमा घरेलु स्तरका महत्त्वपूर्ण पूर्वाधारमा माइक्रोनको सामान प्रयोग गर्न रोक लगाएको थियो । यो घटनापछि बाइडेन प्रशासन चीनसँग झनै चिढिएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका