Mon Jan 17 2022
देश

विवेकशील साझाले गर्‍यो संयोजक मिलन पाण्डेलाई निष्कासन

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’