Wed Jan 19 2022
Breaking News

कांग्रेस मतगणनाः मधेसी केन्द्रीय सदस्यमा पनि देउवा निकटकै बर्चश्व

काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।

मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् ।

सार्वजनिक मत परिणाम अनुसार अजय चौरसिया २ हजार ५२२,विनोद चौधरी २ हजार २०६ चन्द्रमोहन यादव २ हजार १३८,महेन्द्रकुमार राय १ हजार ९८४ तथा दिनेश कुमार यादव १ हजार ९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

मधेशी पुरुष कोटाबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरुमध्ये चन्द्रमोहन यादव मात्रै शेखर कोइराला प्यानका हुन् ।

अन्य चारै जना सभापति शेरबहादुर देउवा पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति डा। रामबरण यादवका छोरा हुन् ।