जोडिनुहोस
  • होमपेज
  • जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

चितवन । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा १२ बजे सुरु हुनेछ ।

बैठकमा यही असार १० गतेदेखि १२ गतेसम्म हुने विधान अधिवेशनको विषयमा छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । ‘आगामी विधान अधिवेशनको तयारीको सन्दर्भमा बैठक बस्न लागेको हो,’ बस्नेतले भने ।

विभिन्न समिति र संगठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागी हुनेछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् । केन्द्रीय सदस्यहरु विधान अधिवेशन आयोजक भएकाले उनीहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।

विधान अधिवेशन सुरु हुनुभन्दा एक दिन अगाडि (असार ९ गते) जसपाले राजनीतिक समिति र केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकका कार्यसूची आजको कार्यकारिणी समितिको बैठकले तय गर्ने प्रचार विभाग प्रमुख बस्नेतको भनाइ छ ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले जसपा समाजवादी मोर्चामा सहभागी भएको विषयमा नेताहरुलाई ब्रिफिङसमेत गर्ने बताइएको छ ।

जसपाले विधान अधिवेशन र समसामयिक राजनीतिक परिस्थितिका विषयमा जानकारी दिन आजै पत्रकार सम्मेलनसमेत आयोजना गरेको छ । पत्रकार सम्मेलन बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । पत्रकार सम्मेलन सकिएलगत्तै केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका