Thu Jan 20 2022
खेलकुद

ए डिभिजन लिगको पाँचौं चरणका खेल सम्पन्न

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणका खेल सम्पन्न भएका छन् ।

पाँचौं चरणका खेल टुंगिदा सम्म मनाङ मर्स्याङ्दी दोहराएर फेरि शीर्ष स्थानमा उक्लेको छ ।

मनाङको १३ अंक भएको छ । मनाङ यसअघि तेस्रो चरणको समाप्तीमा पनि शीर्ष स्थानमा रहेको थियो ।

मनाङले पोखरामा पुलिसको सामना गर्दा सहिद स्मारक लिग ए डिभिजनका खेल पहिलो पल्ट मोफसलमा भएको छ ।

पाँचौं चरण टुंगिदा चार टिम मनाङ, डिफेन्डिङ च्याम्पियन मछिन्द्र, आर्मी र संकटा अझै अपराजित रहेका छन् ।

पाँचौ चरणका खेल सकिदा सम्म हिमालयन शेर्पा, जावलाखेल र एपीएफले पहिलो जित सफल भएका छन ।

अब फ्रेन्ड्सले मात्र जितको खाता खोल्न सकेको छैन। अहिलेसम्म कुल ३५ खेल भएकोमा २१ वटा खेलमा स्पष्ट नतिजा आएको छ भने बाँकी १४ खेल भने बराबरीमा टुंगेको छ ।

पाँचौं चरणमा २८ वटा पहेँलो कार्ड देखाइएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । समग्रमा प्रतियोगितामा १ सय ५ पहेँलो कार्ड र एक रातो कार्ड देखाइएको छ ।