जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट लगायतका विषयमाथि छलफल हुने छ ।

बजेट असन्तुलित भएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको गृहजिल्लामा मात्र बजेट विकास बजेट केन्द्रित गरेर अन्यत्र उपेक्षा गरिएको एकीकृत समाजवादीका नेताहरुको आरोप छ । उनीहरुले यथास्थितिमा बजेट पास गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका