जोडिनुहोस
  • होमपेज
  • वेस्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल

वेस्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दैछ ।

नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल नेपाली समय अनुसार अपराह्न १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार बेहोरेको छ । जिम्बाब्वेसँग पराजय भोगेको नेपालले अमेरिकालाई भने शानदार प्रदर्शनका साथ हराएको थियो । एकदिवसीय वरियतामा नेपाल १४ औँ र वेस्ट इन्डिज १० औँ स्थानमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका