जोडिनुहोस
  • होमपेज
  • गुलशनले दिलाए नेपाललाई दोस्रो सफलता

गुलशनले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ ।

नेपालका लागि तीव्र गतिका बलर गुलसन झाले दोस्रो विकेट लिएका हुन् ।गुलसनले नेपालको चौथो ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई आउट गराएका हुन् ।

जोनसन ६ बलमा खाता खोले बिना नै आउट भएका हुन् । झाले आफ्नो पहिलो ओभरको पहिलो बलमा चाल्र्सको विकेट लिएका हुन् ।

पहिलो विकेटका रुपमा कैल मेयर्स १ रनमा आउट भएका थिए । मेयर्स करण केसीको बलमा आउट भएका थिए ।

क्रिजमा अहिले ब्रेन्डन किंग र कप्तान शेई होप रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका