जोडिनुहोस
  • होमपेज
  • धनुषामा सर्पको टोकाइबाट बालिकाको मृत्यु

धनुषामा सर्पको टोकाइबाट बालिकाको मृत्यु

जनकपुरधाम । धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको उनकी आमा रञ्जनाले थाहा पाएकी थिइन् । अभिभावकले तत्कालै उपचारको लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्रमा पुर्‍याएका थिए ।

तर त्यहाँ उपचार सम्भव नभएपछि सिरहाकै फुलकुमारी मेमेरियल हस्पिटलमा लगिएको थियो । तर बालिकाको ज्यान जोगिन नसकेको परिवारका सदस्यले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका