Sun Jan 16 2022
देश

राष्ट्रपति भण्डारीकी सम्धिनी मधेसी महिला काँग्रेस केन्द्रीय सदस्यमा पराजित

काठमाडौं । १४ औं महाधिवेशनमा मधेसी महिलातर्फ नेपाली काँग्रेस केन्द्रीय सदस्यमा वर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन् ।

मधेसी महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी उनी पराजित भएकी हुन् ।

पूर्वराष्ट्रपति तथा काँग्रेसका पूर्वमहामन्त्री रामवरण यादवकी भतिजी समेत रहेकी किरण ४ जना मधेसी तर्फको महिला केन्द्रीय सदस्यमा पराजित भएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धिनी समेत रहेकी उनी आगामी ४ वर्ष काँग्रेस केन्द्रीय समिति बाहिर रहने भएकी छन् ।

चार जना महिलामा शेखर कोइराला प्यानलबाट उनको मात्र उम्मेदवारी परेको थियो ।

शेरबहादुर देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् ।

यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् ।