Thu Jan 27 2022
देश

काठमाडौं मोडल कलेजको होस्टेलमा विद्यार्थीको मृत्यु, न्याय माग्दै विद्यार्थी

काठमाडौं । काठमाडौंको बागबजारस्थीत काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु भएको छ ।

रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनीको मोडल कलेजको बाथरुममा ग्यास गिजरमा नुहाउने क्रममा बेहोस भएको र उपचारको क्रममा अस्पताल लगिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलेजको लापरवाहीका कारण सहनीको मृत्यु भएको भन्दै विद्यार्थीहले आज प्रदर्शन गरेका थिए ।

उनीहरुले कलेजको कमजोर व्यवस्थापनका बारेमा पटक पटक जानकारी गराउँदा पनि सुनुवाई नभएकाले घटना भएको बताएका छन् ।

सहनी कक्षा १२ मा अध्ययनरत थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।