Mon Jan 24 2022
Breaking News

सरकारसँग नेपाल एयरलाइन्सले माग्यो नयाँ जहाज किन्न १५ अर्ब

काठमाडौं । नेपाल एयरलाइन्सले सरकारसँग नयाँ जहाज खरिद गर्न १५ अर्ब रुपैयाँ माग गरेको छ ।

निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै सरकारसँग नयाँ जहाजको माग गरेको हो ।

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारसँग उक्त रकम माग गरेका हुन् ।

मंगलबार निगममा आयोजित कार्यक्रममा अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री समक्ष यस्तो माग गरेका हुन् ।