जोडिनुहोस
  • होमपेज
  • १९ जना सवार जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु , १४ घाइते

१९ जना सवार जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु , १४ घाइते

गोरखा । जिल्लाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ मनकामनामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सहिद लखन गाउँपालिका ३ मनकामनामा स्थित सिलिङ र ढाँडवारी बिचमा पर्ने अमल डाँडा भन्ने स्थानमा मा शुक्रबार बिहान करिब ३ः३० बजे जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा १४ जना घाइते भएका छन् ।

दुलहा दुलही र जन्ती बोकेर कोटगाउँबाट पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप आज बिहान तीन बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा १९ जना सवार रहेका थिए ।

सडकबाट झण्डै दुईसय मिटर तल खसेर जीप दुर्घटना भएको घटनास्थलबाट डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । घटनास्थलमा स्थानीय सहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार गरेको छ । घाइतेहरूको आँवुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका