जोडिनुहोस
  • होमपेज
  • फिल्म हलबाट फिर्ता भयो महानगर प्रहरी

फिल्म हलबाट फिर्ता भयो महानगर प्रहरी

काठमाडौं । काठमाडौं महानगरका फिल्म हलहरूमा खटाइएका नगर प्रहरी फिर्ता गरिएको छ । हिन्दी फिल्म रोक्न महानगरले हलहरूमा प्रहरी खटाएको थियो ।

मेयर बालेन शाहले ‘आदिपुरुष’ मा सीताबारे विवादित संवाद राखेको भन्दै सबै हिन्दी फिल्म रोक्न आदेश दिएका थिए । उच्च अदालतले हिजो भारतीय फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएपनि हल सञ्चालकहरू भारतीय फिल्म चलाउन हच्किएका छन् । मेयर शाहले अदालतको आदेश नमान्ने बताएपछि प्रदर्शकहरू रिस्क नलिने मुडमा छन् ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले आवश्यकता अनुसार ड्युटी भने जारी नै रहेको बताए ।

‘हामी आदेशअनुसार काम गर्ने हो । जे जस्तो आदेश आउँछ त्यही अनुसार खटिन्छौं’, पाण्डेले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका