Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

घानाको संसदमा समर्थक र विपक्षी सांसदहरुबीच मुक्का हानाहान

एजेन्सी । विद्युतीय कारोबारमा कर लगाउन प्रस्ताव गरेपछि घानाको संसदमा मुक्का हानाहान भएको छ । घानाको संसदमा प्रस्तावका समर्थक र विपक्षी सांसदहरुबीच मुक्का हानाहान भएको हो ।

प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको हो ।

उपसभामुखले अध्यक्षता गरेको उक्त बैठक कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको छ ।

प्रमुख विपक्षी नेशनल डेमोक्रयाटिक कंग्रेस (एनडीसी) ले विद्युतीय कारोबारमा १ दशमलब ७५ प्रतिशत कर लगाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ ।