Fri Jan 21 2022
Breaking News

अन्तरजातीय विवाह गरेपछि बेपत्ता हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिए

मुगु । अन्तरजातीय विवाह गरेपछि बेपत्ता हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिएका छन् ।

अन्तर जातीय विवाह गरेकै कारण हुम्लाका केटी पक्षले कुटपिट गरी बेपत्ता बनाएका भनिएका हुम्लाका युवा खापुनाथ गाँउपालिका—५ याँँक्चु बजारमा स्थानीयले फेला पारेका हुन् ।

१९ वर्षीय चन्द्रे कामीले सर्केगाड गाउँपालिका—१ को जैर गाउँका १९ मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्र गाउँकी १९ वर्षिया सुन्तली मल्लसँग एक महिना अघि प्रेम विवाह गरेका थिए ।

अन्तरजातीय विवाह गरेका उनलाई मंसिर २९ गते केटी पक्षका मान्छे घरमै पुगि केटा केटी दुबैलाई माईती घरमा ल्याई कुटपिट गरी चन्द्रे कामीलाई बेपत्ता पारेको युवाका आफन्तले आरोप लगाएका थिए ।

आठ दिनपछि फेला परेका ती युवा हुम्लाको प्रहरी चौकी याक्चुमा बुझाएको छ ।

युवक बेपत्ता भएसंगै ठकुरीको छोरीसंग कामीको छोराले विवाह गरेको भन्दै युवती पक्षका माइतीहरुले छोरोलाई निद्र्दात कुटपिट गर्नुका साथै मंसिर २९ गते रातिबाट बेपत्ता पारेका भनी चन्द्रेका बाबुले हुम्ला प्रहरीमा उजुरी दिएका थिए ।

उक्त उजुरी आउना साथ ह्म्ला प्रहरी कार्यालयका डिएस्पी र प्रहरी निरिक्षकको नेतृत्वमा छुट्टा छुटै छ वटा टोली र मुगुबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा एक टोली घटना युवकको खोजी कार्य थालेको थियो ।

बेपत्ता पारिएका भनिएका चन्द्रे कामीलाई बुधबार बिहान आठ बजे खापुनाथ गाँउपालिका—५ याँँक्चु बजारमा स्थानीयहरुले फेला पारि प्रहरी चौकीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएस्पी सुभास हमालले बताए ।