जोडिनुहोस
  • होमपेज
  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ‘साइट क्लियर’ गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ‘साइट क्लियर’ गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राष्ट्रिय गौरवका आयोजनका लागि बजेट सुनिश्चित गर्ने गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आगामी आर्थिक वर्षमा साइट क्लिरियन्स गर्ने कुरामा सरकारको गहिरो ध्यान रहेको बताए ।

रेल सेवा सञ्चालन गर्ने बारेमा सरकार सकारात्मक रहेको बताउँदै राष्ट्रिय गौरवका आयोजनाका अतिरिक्त अन्य प्राथमिकतामा परेका आयोजनाहरुको जग्गा अधिग्रहण र क्षतिपूर्ति दिने कुरामा सरकारको ध्यानाकर्षण भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका