जोडिनुहोस
  • होमपेज
  • साताको सेयर बजार : १३ अंकले नेप्से बढ्दा २० अर्बको कारोबार

साताको सेयर बजार : १३ अंकले नेप्से बढ्दा २० अर्बको कारोबार

काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेठ ३२ गते (जुन, १५) मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा उक्लिएको छ ।

उसो त यस साताको कारोबार रकममा समेत सुधार हुँदै २० अर्ब १४ करोड ७ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

साताको पहिलो कारोबार दिन असार ३ गते एकै दिन ५२.२५ अंकले नेप्से बढेकोमा दोस्रो, तेस्रो र चौथो दिन क्रमशः २.९४ अंक, २६.५६ अंक र १४.०५ अंकले नेप्से घट्यो । तर साताको अन्तिम कारोबार दिन बिहीबार भने ४.७५ अंकले बढेर नेप्सेले बिट मारेको छ ।

मार्केट क्यापिटलाइजेशन ३० खर्ब नाघ्यो

यो साता सेयर बजारले केहीँ लय समातेसँगै मार्केट क्यापिटलाइजेशन समेत बढेको छ । यो सातामा २४ अर्ब २३ करोड १० लाख रुपैयाँले मार्केट क्यापिटलाइजेशन बढ्दै ३० खर्ब १० अर्ब ४३ करोड १० लाख रुपैयाँ पुगेको हो । अघिल्लो साता मार्केट क्यापिटलाइजेशन २९ खर्ब ८६ अर्ब १९ करोड ५० लाख रुपैयाँमा अडिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका