Sun Jan 16 2022
Breaking News

एमालेको अवरोधका बीच संसदबाट ४ अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट प्रमुख प्रतिपक्षी दल एमालेको आजको बैठक पनि नाराबाजी र अवरोधकालाई जारी नै राखे ।

नाराबाजी र अवरोधका बीच पनि बुधबार ४ अध्यादेश स्वीकृत भएको छ । एमालेको चर्को नाराबाजीका बीच सभामुखले यी अध्यादेश अघि बढाएका हुन् ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (९पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको हो ।

यी अध्यादेशहरूलाई अस्वीकार गरियोस सांसद प्रेम सुवालको सूचना बैठकले अस्वीकृत गरेको छ ।

पुस १८ गते दिनको १ बजे बस्नेगरी प्रतिनिधिसभाको अर्को बैठक स्थगित भएको छ ।