Mon Aug 8 2022
खेलकुद

अण्डर नाइण्टीन एसिया कपमा नेपालले बंगालदेशको सामना गर्दै

काठमाडौं । यूएईमा हुने अण्डर नाइण्टीन एसिया कपमा नेपालले विहिवार टेष्ट राष्ट्र बंगालदेशको सामना गर्ने भएको छ ।

पछिल्लो समय नेपाली घरेलु क्रिकेटमा युवा क्रिकेटरले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

यूएईमा हुने यू–१९ एसिया कपमा नेपालको समूहमा बंगलादेश, श्रीलंका र कुवेत छन् । कुवेत तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर टोली हो ।

त्यसैले नेपालको लक्ष्य यू–१९ एसिया कपमा बंगलादेश र श्रीलंकालाई हराउँदै सेमिफाइनलको रहेको छ ।

नेपालले आइतबार श्रीलंका र मंगलबार कुवेतसँग खेल्नेछ ।सिनियर, उमेर समूह र महिला क्रिकेट सबैमा ब्याटिङ कमजोर मानिन्छ । तर यू–१९ टोलीले यस पटक त्यसलाई गलत सावित गराउन खोज्नेछ ।

घरेलु क्रिकेटको प्रदर्शन हेर्ने हो भने नेपाली यू१९ टोलीको राम्रो ब्याटिङ प्रर्दशन गरेको थियो ।

ब्याटिङमा युवा खेलाडीले परिपक्क र उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

प्रधानमन्त्री कप सिनियर एकदिवसिय प्रतियोगिता, वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता र दुई अभ्यास खेलमा ब्याटिङ उत्कृष्ट रहेको थियो । कप्तान देव खनालले नेपालको लक्ष्य फाइनल रहेको जनाएका छन् ।