Thu Aug 18 2022
खेलकुद

टेस्ट सिरिज खेल्नुअघि घरेलु टोली दक्षिण अफ्रिकालाई झड्का

काठमाडौं । भारतसँग तीन टेस्ट सिरिज खेल्नुअघि घरेलु टोली दक्षिण अफ्रिकालाई झड्का लागेको छ ।

तीव्र गतिका बलर एनरिच नोर्कियाले अर्को सातादेखि सुरुहुने तीन टेस्ट खेलको सिरिज हिपमा चोटको कारण गुमाउने भएका छन् ।

नोर्किया नोभेम्बरमा युएईमा भएको टि२० विश्वकपको क्रममा घाइते भएपछि संघर्ष गर्दै आएका थिए ।

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका नोर्किया टोलीमा नहुँदा तीव्र गतिको बलिङ आक्रामणमा असर पर्ने भएको छ ।

२०२१ मा नोर्किया दक्षिण अफ्रिकाबाट सर्वाधिक टेस्ट विकेट लिने खेलाडी हुन् । उनले यो वर्ष मात्र ५ टेस्टमा २५ विकेट लिएका थिए । नोर्कियाले १२ टेस्ट खेलमा ४७ विकेट लिएका छन् ।

भारतका रोहित शर्माले पनि चोटका कारण दक्षिण अफ्रिका तीन टेस्ट सिरिज गुमाई सकेका छन् । रोहित नहुँदा भारतले लोकेश राहुललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।