Mon Jan 17 2022
देश

राष्ट्रिय सम्मेलनमा माओवादीले पाहुना नबोलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने निर्णय गरेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले देशका प्रमुख राजनीतिक दल र विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरलाई नबोलाउने बताएका हुन् ।

गत महिना भएको नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा देशका प्रमुख राजनीतिक दल र विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरु निम्त्याइएका थिए ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

सम्मेलनमा एक हजार ५३३ जना प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।