Thu Jan 27 2022
अन्तर्राष्ट्रिय

स्पेनिस ला लिगा फुटबल खेलमा बार्सिलोना र सेभिल्ला बराबरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा बार्सिलोना सेभिल्लासँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।

सेभिल्लाका लागि पपु गोमेजले गोल गर्दा बार्सिलोनाका लागि रोनाल्ड अरौजोले बराबरी गोल फर्काएका हुन ।

पहिलो हाफ बराबरीमा सकिदा दोस्रो हाफको ६४ औँ मिनेटमा जुलेस काउन्डेले रातो कार्ड खाएर मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो ।

बार्सिलोना बराबरीपछि १८ खेलबाट २८ अंकसहित सातौँ स्थानमा छ । ३८ अंकसहित सेभिल्ला दोस्रो स्थानमा छ ।

समान खेलबाट ४३ अंक रहेको रियल मड्रिड शीर्ष स्थानमा छ । अर्काे खेलमा भिल्लारियलले अलाभेसलाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।