Sun Aug 7 2022
प्रदेश १

आफ्नै घरको पाँचतले छतबाट हाम फाल्दा कोकिला प्रधानको मृत्यु

इलाम – इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छन् ।

पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।