Sun Jan 16 2022
प्रदेश १

माइक्रोको ढोकाबाट निस्किने क्रममा लडेर युवकको मृत्यु

दमक- पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक ४ कृष्णमन्दिरमा यात्रुबहाक माइक्रोको ढोकाबाट निस्किने क्रममा लडेर एक युवकको मृत्यु भएको छ ।

प्रदेश-१ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं ५ का २१ वर्षिय निर्मल खवास रहेका छन । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ८६२७ नम्बरको माइक्रोबाट हिजो करिब ११ बजे झरेर गम्भिर घाइते भएका उनको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा राति करिब १२ बजे उनको उपचारकै क्रममा ज्यान गएको हो ।