Sun Jan 16 2022
देश

रेशम चौधरीले नयाँ दल दर्ता गर्दै

काडमाडौं । कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशमलाल चौधरीले थरूहट क्षेत्रलाई आधारभूमि बनाएर नयाँ दल दर्ताको तयारी थालेका छन् ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नरसंहारमा मुख्य आरोपी बनाइएका रेशमलाल चौधरीले मधेसवादी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा पुस १८ गते नयाँ पार्टी दर्ता गर्न लागेका हुन् ।

उनले मधेसी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेको चौधरीका निकटस्थ स्रोतले जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार चौधरीले २०१ जनाको केन्द्रीय सदस्य रहने गरी नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी दर्ता गर्न लागेका हुन् । नयाँ पार्टीको चुनाव चिन्ह ढकिया राख्न लागिएको छ ।

त्यसैगरी पार्टीको आधारभूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख छ । यद्यपि यो पार्टी राष्ट्रिय सोचका साथ राष्ट्रिय पार्टीका रुपमा खोलिन लागेको दस्तावेजमा उल्लेख छ । पार्टीमा सक्रिय राजनीतिको उमेर हद ६५ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ र २७ जनाको पदाधिकारी समाज रहने उल्लेख छ ।

त्यसैगरी मन्त्रालयमा मन्त्री बनाउने वा बन्ने व्यक्ति सम्बन्धित विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरु नै हुनुपर्ने उल्लेख छ ।