जोडिनुहोस
  • होमपेज
  • सहकारी संस्थाविरुद्धको उजुरीले सिआइबीको कोठा भरिन लागेको छ : गृहमन्त्री श्रेष्ठ

सहकारी संस्थाविरुद्धको उजुरीले सिआइबीको कोठा भरिन लागेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी संस्था विरुद्धको उजुरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको कोठा भरिन लागेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले उनले सरकारले सहकारी नियमनका लागि काम गरिरहेको बताए ।

मन्त्री श्रेष्ठले भने– ‘हाम्रो एक जना माननीयले सहकारीको समस्याको बारेमा ध्यानाकर्षण गराउनुभयो । निश्चित हो, अहिले हाम्रो सिआइवीमा मात्रै पनि सहकारीको उजुरी हेर्ने हो भने त्यसैको उजुरीको चाङले कोठा भरिएको छ । अहिले सहकारीको ठुलो समस्या छ । यसबारेमा सहकारीले अर्थ मन्त्रालय, भूमि, गरिबी निवारण तथा सहकारी मन्त्रालय र सहकारीसँग सम्बन्धित अरू पक्षहरूसँग बसेर पनि छलफल गरेको छ । यससम्बन्धी एउटा कमिटी पनि गठन गरेको छ । यस सम्बन्धमा समाधानका उपाय निकाल्नका निम्ति हामी पहल गर्दैछौँ । केही अनियमितता छन्, केही तरलता अभावका कारण भएका समस्याहरू पनि देखा परेका छन् ।’

उनले सहकारीको समस्या समाधान गर्नका लागि सरकार लागिपरेको बताए । यस्तै ट्राफिक प्रहरीको स्वास्थ्य अवस्थाको बारेमा सरकार चिन्तनशील रहेको बताए । उनले नेपाल प्रहरीका साथै निजामती कर्मचारीलाई योग र ध्यान गराउने कार्य अघि बढाउन लागेको जानकारी गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका