Sun Jan 16 2022
देश

फरार अभियुक्त ६ वर्षपछि पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी ज्यान मुद्दामा १ वर्ष १० महिना कैद सजाय भई फरार रहेका एक जनालाई ६ वर्षपछि पक्राउ गरेको छ ।

बेँसीशहर नगरपालिका १ उदिपुरका रुकेश विश्वकर्मालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीमा अनुसार रुकेशलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटीएको बिशेष टोलीले बेँसीशहर नगरपालिका ८ बाट पक्राउ गरिएको हो ।

रुकेश उपर ०७५ साल माघ ८ गते उक्त कैद सजाय हुने गरी चितवन जिल्ला अदालतबाट मुद्दा फैसला भएकोमा उनी फरार रहेका थिए ।

रुकेशले चलाएको बसले ०७३ साल असार महिनाको १९ गते चितवन जिल्लाको कुरिनटारमा पैदल यात्रिलाई ठक्कर दिँदा मृत्यु भएको थियो ।

पक्राउमा परेका रुकेशलाई बुधबार जिल्ला अदालत लमजुङमा पेश गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ ।