Fri Jan 28 2022
Breaking News

वीरगञ्ज भन्सारमा पाँच महिनामा रु ८८ अर्ब राजस्व संकलन

वीरगञ्जः देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७७÷७८को साउनदेखि मंसिर मसान्त सम्मको पाँच महिनामा रु  ५८ अर्ब १५ करोड ९९ लाख राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा रु ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख  राजश्व संकलन भएको  छ । यो गत आवको तुलनामा ५२दशमलव५० प्रतिशत बढी हो ।

विभागलले चालू आवको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा रु ८२ अर्ब ६१ करोड २५ लाख राजस्व संकलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा रू छ अर्ब आठ करोड ६६ लाख बढी  राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताए ।