जोडिनुहोस
  • होमपेज
  • एडिबीद्वारा बङ्गलादेशको रेल परियोजनाका लागि ४० करोड अमेरिकी डलर सहयोग

एडिबीद्वारा बङ्गलादेशको रेल परियोजनाका लागि ४० करोड अमेरिकी डलर सहयोग

ढाका । एशियाली विकास बैंक (|एडिबी) र बङ्गलादेश सरकारले बङ्गलादेशको राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको बन्दरगाह शहर चट्टोग्रामजोड्ने दोहोरो रेलमार्ग निर्माणका लागि आइतबार ४० करोड अमेरिकी डलरमा ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव सरिफा खान र बङ्गलादेशका लागि एडिबीका उपदेशीय निर्देशक जियाङ्बो निङले ढाकामा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो ऋणले ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको विश्वको सबैभन्दा लामो अटुट बलौटे समुद्र तटमध्ये एक चट्टोग्राम र कक्स बजारबीचको १०२ किलोमिटर लामो नयाँ रेलमार्गको निर्माण पूरा गर्न मद्दत गर्नेछ ।

यो सहयोग दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग चट्टोग्राम–कक्स बजार रेलवे परियोजनाका लागि एडीबीको १.५ अर्ब डलरको ऋणको तेस्रो भाग हो ।

“एडीबीले सरकारलाई सडकबाट रेलमा स्थानान्तरण गर्न सहयोग गरिरहेको छ, जुन जलवायु अनुकूल, सुरक्षित, किफायती र यातायातको कुशल माध्यम हो,” निङले भने ।

“यो परियोजना एक प्राथमिकता प्राप्त लगानी हो र यसले लगानी, व्यापार र पर्यटनलाई बढावा दिएर कक्स बजार क्षेत्रका सेवा नपुगेका क्षेत्रहरू खोल्नेछ,” एडिबीका उपदेशीय निर्देशकले भने ।

सन् २०२३ मा खुल्ने अपेक्षा गरिएको नयाँ रेल लिंकले सन् २०२४ सम्ममा चट्टोग्राम र कक्स बजारबीच वार्षिक २९ लाख यात्रु ओसारपसार गर्ने लक्ष्य राखेको छ । यस रेलमार्गको निर्माण एडीबीको आठौं पञ्चवर्षीय योजना र रेलवेको प्रमुख योजना अन्तर्गत आफ्नो लक्ष्य पूरा गर्न मद्दत गर्ने धेरै रेलवे परियोजनाहरू मध्ये एक हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका