Mon Jan 17 2022
अन्तर्राष्ट्रिय

कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि चीनको शीयान सहरमा लकडाउन

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमालकडाउन गरिएको छ । संक्रमणको दर बढ्दै गएपछि एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न चिनियाँ अधिकारीहरूले निर्देशन दिएका हुन्।

डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको हो।

बुधवार घोषणा गरिएको प्रतिबन्धात्मक व्यवस्थामा प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउँछन्।

चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ। महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ।