Sat Jan 22 2022
मनोरञ्जन

हेमन्त शर्माले कला लम्साललाई सोधे ‘तिमी कसकी हौं ?’ (भिडियो सहित)

सदावहार गायक हेमन्त शर्माको नयाँ गीत ‘किन झस्कियौं’ बजारमा आएको छ। बुधबार सार्वजनिक गीतमा गायक शर्मालाई गायिका कला लम्सालले गायनमा साथ दिएकी छिन्।

सार्वजनिक ‘किन झस्कियौं’ बोलको गीत रोमान्टिक शैलीको गीत हो। रमेश बिजीले लेखेको यस गितमा संगीत भने दीपक शर्माको रहेको छ । संगीत संयोजन भने नरेन्द्र वियोगीले गरेका छन्।

गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना सुन्दासले अभिनय गरेका छन्। गीतको म्यूजिक भिडियो अग्रि रिजालले निर्माण गरेका हुन् । भिडियोको कोरीयोग्राफर केशवराज भट्ट रहेका छन् । भिडियोमा निर्देशन निकेश खड्काको रहेको छ भने बुद्ध थापाले छायांकन गरेको भिडियो सम्पादन विकास धमला ‘कर्ण’ले गरेका छन्।

किन झस्कियौंको म्युजिक भिडियो गायिका कला लम्सालले आफ्नो यूट्युब च्यानलमार्फत सार्वजनिक गरेकि छिन् ।

म्युजिक भिडियो हेर्नुहोस् :