Sun Jan 16 2022
आर्थिक

बढ्यो सुनको मुल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर रु ९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ८०० कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।